बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा वीपी स्मृति दिवस : वीपी वाटिकामा वृक्षरोपण

बुधबार, ०६ साउन २०७८, १३ : ४९
बुधबार, ०६ साउन २०७८

नेपाली काँग्रेस संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  नेपाली काँग्रेस मकवानपुरले हेटौंडा–२ काँग्रेस पार्टी कार्यालय परिसरमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको छ भने हेटौंडा–११ मा वृक्षारोपण गरिएको छ । 

बुधबार स्मृति दिवसको अवसरमा काँग्रेस मकवानपुरका उप–सभापति विष्णुप्रसाद लामिछानेले देशमा लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी  कोइरालाले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । 

उनले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिबको उन्नतीका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताए ।  सत्तामा रहनेले गरिब, दुःखी, किसान, मजदूरको उन्नतीका लागि काम गर्न सक्ने सामर्थ्य नै वीपीको समाजवाद भित्रको सिद्धान्त रहेको उनले बताए । 

लामिछानेले नेपाली राजनीतिमा प्रवेश गरेको विकृति अन्त्यका लागि पनि वीपीवादको विकल्प नरहेको स्पष्ट पारे ।  त्यस्तै वीपी स्मृति दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरले हेटौंडा–११ नवलपुरस्थित वीपी बाटिकामा वृक्षारोपण एवम् विचार गोष्ठीसमेत गरेको छ । 

वीपी वाटिकामा विभिन्न प्रजातिका करिब ६० थान फलफुलका विरुवा रोपिएको समाजका उपाध्यक्ष प्रदिप कोइरालाले जानकारी दिए । काँग्रेस मकवानपुरको प्रवक्तासमेत रहेका कोइरालाले स्मृति दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा सरसफाइको कार्यक्रमसमेत रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप