कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ । सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ ।
स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन जोड दिँदै घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्धि गर्न पनि जोड दिइएको छ । प्रतिष्ठानले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको पनि औंल्याएको छ । अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिइएको छ ।
यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।
केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । कोभिड–१९ महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीहरुको सेवा सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै प्रतिष्ठानले कोभिड विशेष अस्पताल बाहेकका सरकारी र निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीलाई सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।
स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।
प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको सुझावपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण