महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् ।
विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन ठाकुर बालुवाटार गएको उनका सहयोगी सतेन्द्र मिश्रले रातोपाटी जानकारी दिए ।
मंगलबार ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । मिश्रका अुसार ठाकुरले आज विहान भेटेरै यसबारे कुरा उठाएका थिए ।
जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुन:संरचनालगायतका समस्या समाधानमा विषय उठाइरहेको छ ।
यसको सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ छ । आइतबार विश्वासको मत सिद्ध गरेका देउवासँग ठाकुर पक्षले माग सम्बोधनका लागि जोड दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण