महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् ।
विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन ठाकुर बालुवाटार गएको उनका सहयोगी सतेन्द्र मिश्रले रातोपाटी जानकारी दिए ।
मंगलबार ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । मिश्रका अुसार ठाकुरले आज विहान भेटेरै यसबारे कुरा उठाएका थिए ।
जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुन:संरचनालगायतका समस्या समाधानमा विषय उठाइरहेको छ ।
यसको सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ छ । आइतबार विश्वासको मत सिद्ध गरेका देउवासँग ठाकुर पक्षले माग सम्बोधनका लागि जोड दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान द्वन्द्व : आवश्यक सुरक्षा सतर्कता अपनाउन सांसदहरूको ध्यानाकर्षण
-
गभर्नर नियुक्ति गर्न रुलिङको माग
-
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
-
भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव