शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेफ बेजोसको अन्तरिक्षमा उडान, कस्तो रह्यो १० मिनेटको यो विशेष यात्रा ?

बुधबार, ०६ साउन २०७८, १२ : १५
बुधबार, ०६ साउन २०७८

अर्बपति अमेरिकी व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्य तीन व्यक्तिसहित अन्तरिक्षको उडान भरे । 

यो यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षकी पूर्व पाइलट वेली फंक र १८ वर्षका विद्यार्थी ओलिवर डायमेन पनि थिए । यी सबै १० मिनेट १० सेकेन्डपछि प्यारासुटमार्फत् धर्तीमा फिर्ता भए । 

वेली अंतरिक्षमा जाने सबैभन्दा उमेदार महिला र ओलिवर सबैभन्दा कम उमेरका व्यक्ति बने ।

आफ्नो यात्राको विषयमा बेजोसले भने, ‘अन्तरिक्ष यात्री बेजोसको सबैभन्दा उत्कृष्ट दिन !’

 


 

खुसीले चिच्याए अंतरिक्षयात्रीः

यी सबैजना बेजोसको कम्पनी ब्लू ओरिजिनको अंतरिक्षयान ‘न्यू शेफर्ड’ मार्फत् यात्रामा निस्किएका थिए । ब्लू शेफर्डलाई अन्तरिक्ष पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बनाइएको छ । न्यू शेफर्डमा ठूल्ठूला झ्यालहरु छन् । यसमार्फत् अंतरिक्षयात्रीले धर्तीको उत्कृष्ट दृष्य देख्न सक्नेछन् । 

न्यू शेफर्डले नेपाली समयानुसार मंगलबार बेलुका पौने सात बजे अमेरिकाको टेक्ससबाट उडान भर्यो । यसलाई जेफ बेजोसको नीजि लञ्च साइट वेन हर्नमार्फत् एक रकेटमार्फत् लञ्च गरियो । 

उडान भरेको २ मिनेटपछि क्याप्सुल रकेटबाट अलग भयो र सय किलोमिटर माथि अन्तरिक्षको सतहसम्म पुग्यो । त्यहाँ पुग्ने बित्तिकै क्याप्सुलमा सवार सबै अन्तरिक्ष यात्रीले ‘वाउ’ भने सुनियो । उनीहरु सबै खुसीले चिच्याएका थिए । 

वेली फंकले भनिन्, ‘ओह, संसारलाई हेर ।’

यात्रामा जानुभन्दा अघि उनले जब अंतरिक्षमा उनको भार शून्य हुन्छ तब उनले टाउको माथि पारेर व्यायाम गर्ने बताएकी थिइन् । 

यस्तै, उडान भर्नुअघि सीबीएस न्यूजलाई दिएको अन्तरवार्तामा बेजोसले भने, ‘म उत्साहित छु । मानिसहरुले मलाई नर्भस हुनुहुन्छ भनेर सोधिरहेका छन् । साँच्चै भन्ने हो भने म नर्भस होइन, उत्सुक छु । हामीले त्यहाँ के सिक्नेछौँ भनेर जान्न उत्सुक छु ।’

चार मिनेटसम्म जिरो ग्राभिटीको अनुभवः

चारैजना यात्रीले करिब चार मिनेटसम्म जिरो ग्राभिटीको अनुभव गरे । 

उनीहरुले आफ्नो सिट बेल्ट खोले र हावामा तैरिएको अनुभव गरे । उनीहरुले त्यहाँबाट निकै टाढा देखिएको धर्तीलाई नियाल्नुको मज्जा पनि लिए । 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप