शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बकर इद : सुनसान मस्जिद, १६ तस्बिरमा हेर्नुहोस्

बुधबार, ०६ साउन २०७८, १० : ५८
बुधबार, ०६ साउन २०७८

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार परेको छ । कोरोनाभाइरसका कारण उपत्यकाका मस्जिदमा चहलपहल देखिएन । उपत्यकामा जारी निषेधाज्ञा अन्तर्गत स्थानीय प्रशासनले विशेष पुजाबाहेक धार्मिक क्षेत्रका मठ, मन्दिर, मस्जिद, गुम्बाहरु खोल्न रोक लगाएको छ । सोही कारण राजधानीको सुन्धारामा रहेको मस्जिदमा विगतमा वर्षहरुमा नवाज पढ्नका लागि भिडभाड हुने भएपनि यो वर्ष सुनसान देखिएको हो । 
उसो त मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका थिए । 

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।  इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
   
    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप