आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

मङ्गलबार, ०५ साउन २०७८, २२ : १४
मङ्गलबार, ०५ साउन २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् । नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिएकी हुन् ।

मन्त्री भुसालले आज सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ । सो  क्षेत्रमा कमला नदीने ६००–७०० मिटर कटान गरिसकेको नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वमनत्री मातृकाप्रसाद यादवले जानकारी दिए । 

कमला नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई सिँचाइ विभागको आकस्मिक कोषको रु ५० लाख खर्च गर्ने गरी कटान नियन्त्रण गर्न मन्त्री भुसालले निर्देशन दिएको महानिर्देशक राजभण्डारीले जानकारी दिए । 

मन्त्रीको निर्देशनपछि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी नियन्त्रणका लागि खटिएका छन् ।  नदीले कटान गरिरहेको भन्दै सांसद यादव र पूर्वसांसद शिवराम यादवले मन्त्री भुसालको ध्यानाकर्षण गराएका थिए । मन्त्रीको ध्यानाकर्षणलगत्तै सिँचाइ विभागले आवश्यक काम शुरु गरिसकेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप