ब्राउन सुगर र ५ लाखभन्दा बढी नगदसहित दुईजना पक्राउ
मङ्गलबार, ०५ साउन २०७८, २१ : ५८
![ब्राउन सुगर र ५ लाखभन्दा बढी नगदसहित दुईजना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/bake_1_mGpsq9lr6m.jpg)
बाँकेमा प्रहरीले मंगलबार लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचना प्राप्त गरेको प्रहरीले नेपालगञ्ज उपमहानगर–११, ठटेरियन टोलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपालगञ्ज वडा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको टोलीले सोही पालिकाको वडा नम्बर १५ बस्ने वर्ष ६१ को गुन्नु कवडिया र १८ वर्षका राहुल कवडियालाई निजहरु बसेको कोठाबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या