बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयुक्त विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको पुत्ला दहन

मङ्गलबार, ०५ साउन २०७८, २१ : ५६
मङ्गलबार, ०५ साउन २०७८

मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी संयुक्त विद्यार्थीले मंगलबार उपकुलपति  एवम् रजिस्ट्रारको पुत्ला दहन सहित राँके जुलुस प्रदर्शन गरेका छन् ।  उपकुलपतिले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा जुटेका हुन् ।  

मंगलबार साँझ विश्वविद्यालय परिसरमा ‘नालायक भिसी चाहिँदैन, विद्यार्थीको भविष्य बिगार्न पाइँदैन,  भिसी चोर विश्वविद्यालय छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दाबाद’ लगायतका नाराहरू लगाएर विद्यार्थी नेताहरूले आन्दोलन गरेका थिए । 

विद्यार्थीहरूको आन्दोलनले साँझ ६ बजेको समय विश्वविद्यालय तनावग्रस्त बनेको थियो । संयुक्त विद्यार्थीको सङ्गठनले  आइतबार १८ बुँदे माग पत्र विश्वविद्यालयलाई राखेका थिए ।  

अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–संयोजक तिर्सना हमालले भौतिक संरचना निर्माणमा गति लिइरहँदा शैक्षिक सवालमा विश्वविद्यालयको अवस्था नाजुक रहेकोले विद्यार्थीहरू एक ठाउँमा उभिएर समीक्षा गर्ने बेला आएको बताइन् । 

उनले भनिन्,‘ उपकुलपति नन्दबहादुर सिंह ज्युको अराजकता र विद्यार्थीको भविष्य माथि खेलबाड भइरहेको छ। हामीले राखेको १८ बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर जारी रहनेछ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप