शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँ–तराई द्रुतमार्गमा ८ वटा बेलिब्रिज जडान

मङ्गलबार, ०५ साउन २०७८, २१ : ४९
मङ्गलबार, ०५ साउन २०७८

काठमाडौँ तराई–मधेस द्रुतमार्ग निर्माणमा आर्थिक वर्ष २०७७/०७८ मा ९७ दशमलव ३४ प्रतिशत वार्षिक प्रगति भएको छ । गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख रकम विनियोजन भएको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको सो आयोजनाको १६ दशमलव १० प्रतिशत निर्माण सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सुरुङमार्ग निर्माण तर्फ २०७८ जेठ ३१ बाट ठेक्का प्याकेज बोलकबोल भएर मोविलाइजेशनसहित काम सुरु भएको छ ।   आयोजना स्थलमा ८ वटा बेलिब्रिज जडान भएको छ । द्रुतमार्गमा १४ वटा बेलिब्रिज जडान गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय परामर्शदाता र स्थानीय विषय विज्ञहरूले सर्भे लगायतका काम गरिरहेका छन् ।

गुणस्तर परीक्षणका लागी पाँच ठाउँमा ल्याब स्थापना गरिएको र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार विशिष्ट प्रकारका ल्याब इक्युपमेन्ट थप्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा उप–समिति गठन गरेर समस्या समाधानको पहल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप