
गुल्मीमा दुई हप्ताको अन्तरालमा दुई महिला बलात्कारको शिकार

गुल्मीमा पछिल्लो दुई हप्ताको अन्तरालमा दुई जना महिला बलात्कारको शिकार भएका छन् ।
साउन–४ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ मिनामपोखरा बस्ने वर्ष २२ को विक्रम विकले स्थानीय वर्ष ४६ कि परिवर्तित नाम गुल्मी ४६ (रुरु) लाई निजको घरमै बलात्कार गरेको र असार २४ गते बिहान करिब ९ बजेको समयमा बाग्लुङ्गको बडी गाड गाउँपालिका–५ बस्ने वर्ष २४ को विकास आचार्यले गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँट स्थित वर्ष २१ कि परिवर्तित नाम गुल्मी ४६ (ईश्मा) लाई बलात्कार उद्योग गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
विकले पानी खाने निहुँ पारि ती महिलाको घर भित्र पसेर बलात्कार गरेको र आचार्यले ती युवतीको संवेदनशील अङ्गमा हात लगाई बलात्कार प्रयास गरेको बताइन्छ । आरोपित दुवै जनालाई पक्राउ गरी अदालतमा म्याद थपी अनुसन्धान भई रहेको डिएसपी पाण्डेले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ