शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना बढ्यो : थप १०७ जनामा कोरोना पुष्टि

मङ्गलबार, ०५ साउन २०७८, १९ : ४०
मङ्गलबार, ०५ साउन २०७८

कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा  कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।  

७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको  कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा  गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा  निकै बढी हो । 

पछिल्लो समय  निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । 

सुर्खेत, दैलेखको तुलनामा पछिल्लो समय हिमाली जिल्लाहरूमा कोरोना सङ्क्रमण बढेको  स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

मंगलबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मुगुमा कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।  त्यसपछि जुम्लामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जुम्लामा असार पहिलो साता सम्म कोरोना सङ्क्रमितको सङ्ख्या न्यून रहेपछि पछिल्लो समय संक्रमण दर बढेको देखिन्छ । 

यस्तै रुकुम पश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ५, हुम्लामा ५, सल्यानमा ३ र अन्य १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए । 

 यस्तै मंगलबार ८३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७१५ रहेको छ । मंगलबार कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप