बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

१२ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ०५ साउन २०७८, १७ : २८
मङ्गलबार, ०५ साउन २०७८

 चोरी मुद्दामा १२ दिन कैद सजाय तोकिएका अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८ घर भएका बिजय चौधरीलाई पक्राउ गरेको हो । 

जिल्ला अदालतले ३५ वर्षीय बिजयलाई २०६३ कार्तिक १३ मा १२ दिन कैद र ७ सय ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । 

सोमबार पक्राउ परेका बिजयलाई अदालतमा उपस्थित गराइएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप