प्रतिगमन पराजित भयो, सङ्घीयताविरुद्ध सङ्घर्ष भने जारी छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको कार्यगत एकताले मुलुक मास्न उद्दत् प्रतिगमनको पराजय भएको बताएका छन् । मंगलबार राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको भर्चुअल प्रशिक्षणमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै अध्यक्ष केसी यस्तो बताएका हुन् ।
नेपालको राजनीतिमा भारतको गोटी बनेका निवर्तमान प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन मात्र नभई मुलुकको व्यवस्था नै मास्ने योजना बनाएको उनले आरोप लगाए । अध्यक्ष केसीले त्यसैको विरुद्ध बनेको ५ दलीय गठबन्धन सफल भएको दाबी गरे । प्रतिगमनलाई परास्त गरि मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु नै गठबन्धनको मुख्य उद्देश्य रहेको बताउँदै अध्यक्ष केसीले बाहिर आएका कुनै पनि भ्रमको पछाडि नलाग्न नेता, कार्यकर्ता र शुभ–चिन्तकलाई आग्रह समेत गरे।
गठबन्धन भन्दैमा आफ्नो पार्टीले आँखा चिम्लेर समर्थन नगर्ने भन्दै अध्यक्ष केसीले देउवाको सरकारले राष्ट्र र जनहित विपरीत कदम चालेमा तत्काल भन्डाफोर गर्ने चेतावनी समेत दिए । आफूले नै सम्झौता गरेको एमसीसी पास गर्ने देउवाको योजना हुन सक्ने आशङ्का गर्दै अध्यक्ष केसीले एमसीसी र सङ्घीयताको विरुद्ध आफूहरूको सङ्घर्ष जारी नै रहेको दोहोर्याए ।
एक फरक प्रसङ्गमा अध्यक्ष केसीले संसदीय व्यवस्था बाट नेपाल र नेपालीको मुक्ति नहुने भन्दै नयाँ क्रान्तिको निम्ति पार्टीलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,कोषाध्यक्ष यमलाला पोख्रेलको स्वागत मन्तव्य र उपाध्यक्ष गोपाल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासचिव मनोज भट्ट र नेता सुरेश थापाले विशेष प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता
-
कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?
-
धरापमा छ टाइगर श्राफको ज्यान ?