शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी उद्योगका फरार आरोपी पक्राउ

मङ्गलबार, ०५ साउन २०७८, १७ : ०७
मङ्गलबार, ०५ साउन २०७८

जबरजस्ती करणी उद्योगका फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भएका ४१ वर्षीय बिजय थुलुङ राईलाई पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।   

बिजय थुलुङले २०७३  माघ १८ मा  स्थानिय महिलालाई बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीको अनुसन्धान प्रतिवेदन सहित सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । राईलाई अदालतमा उपस्थित गराइने डिएसपी गौतमले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप