महन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण
जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले मधेशको माग/मुद्दालाई सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सकारात्मक पहलका लागि धन्यवाद दिएको छ । यस्तै आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार सम्पन्न ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठकले ओलीलाई धन्यवाद दिँदै देउवालाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।
संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुनसंरचनालगायतका समस्या समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएको ठाकुर पक्षको भनाइ छ । सोही माग पूरा गर्न देउवाको ध्यानाकर्षण गराइएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै ठाकुर पक्षले जनतालाई निःशुल्क खोप उपलब्ध गराउन माग गर्दै बाढी पीडितलाई राहत प्रदान गर्न पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला