सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्से परिसूचक ९ अंकले घट्यो

मङ्गलबार, ०५ साउन २०७८, १६ : ०९
मङ्गलबार, ०५ साउन २०७८

मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । 

नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । 

यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् । 

कुल २१९ कम्पनीका ३ करोड १६ लाख कित्ता माथिको सेयर ८४ हजार ४६८ पटक बजारमा किनबेच हुँदा आज कुल ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप