शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समय सीमाभित्र व्यवसायिक प्रतिवेदन बुझाउन पर्यटन व्यवसायीहरुलाई टानको आग्रह

मङ्गलबार, ०५ साउन २०७८, १५ : ३८
मङ्गलबार, ०५ साउन २०७८

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य ट्रेकिङ्ग व्यवसायीहरुलाई तोकिएको समय सीमा भित्रै व्यवसायिक प्रतिवेदन बुझाउन आग्रह गरेको । मंगलबार एक सूचना जारी गर्दै टानले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म पर्यटन तथा ट्रेकिङ्ग व्यवसायीहरुले नेपाल सरकार, वाग्मती प्रदेशलाई बुझाउनु पर्ने प्रतिवेदन थपिएको २ महिना भित्र बुझाई व्यवसायीहरुलाई आग्रह गरेको हो । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यलयले आर्थिक वर्ष २०७७/७८ को आवधिक प्रतिवेदन सहित असार मसान्त देखि ६० दिन भित्र व्यवसायिक प्रतिवेदन दाखिला गराउन सार्वजनिक सूचना गरेको छ । 

उक्त सूचना अनुसार थप तोकिएकै समय सीमा भित्र आफ्नो कम्पनीको आवधिक प्रतिवेदन बुझाई बिलम्ब शुक्लबाट बच्न समेत टानले आग्रह गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप