शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय

मङ्गलबार, ०५ साउन २०७८, १४ : २९
मङ्गलबार, ०५ साउन २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताएका छन् । 

उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधी  तत्त्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको  उल्लेख गरेका छन् । हरेक पटक मन्त्रिमण्डल बिस्तार हुने बेला वामदेव गौतम मन्त्री बन्ने खबर विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आउने गरेको छ । प्रत्येक पटक गौतमको सचिवालयले यस्ता समाचारहरूको खण्डन गर्दै आएको छ । 

कहाँबाट कसले गौतम मन्त्री हुने हल्ला फैलाउँछ त्यसबारे भने उनले पत्ता लगाउने प्रयास गरेका छैनन् । यद्यपि राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम आफैले भने संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप