साउन १० पछि उपेन्द्र समूह सरकारमा सहभागी हुने
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो ।
नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ । सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईले रातोपाटीलाई जानकारी दिए ।
सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए । उता अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म मुख खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली