शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती प्रियंका कार्कीले साथीहरुसँग स्विमसुटमा फोटो पोस्ट गर्दा भनियो, ‘तिमीले पनि उत्पात गर्न लाग्यौ, धेरै हाँसोको पात्र नबन’

मङ्गलबार, ०५ साउन २०७८, १२ : ४२
मङ्गलबार, ०५ साउन २०७८

नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।

आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् ।

कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर होस् त कहिले स्टेकेसन भनेर गरिएको फोटोसुट । उनी सोसल मिडियामा लगभग सधैंजसो छाउँछिन् ।

पछिल्लो पटक प्रियंका आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा गरिरहेको मस्तीका कारण चर्चामा आइन् ।

प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमीलाई पनि देख्न सकिन्छ । स्वीमिङको फोटो भएकाले सबैले स्विमसुट लगाइरहेको पनि देख्न सकिन्छ ।

प्रियंकाका फ्यान फलोविङ अत्यधिक छ । त्यसैले उनले सोसल मिडियामा जे जति पोस्ट गर्छिन् त्यसमा धेरैले लाइक कमेन्ट र सेयर पनि गरिरहेका हुन्छन् । उनको यो पछिल्लो पोस्टमा पनि कमेन्टको वर्षा भएको छ ।

कमेन्टमा कतिले प्रियंकाको पेट ठूलो भयो भनेका छन् भने कतिले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बधाई दिएका छन् ।

कतिले प्रियंकाले नाटक नै धेरै गरेको बताइरहेका छन् । कतिले भने भयो अब पुग्यो, छिटो बच्चा जन्माइदेउ भनेर आग्रह पनि गरेका छन् । कतिले भने ‘त्यो निर्दोष जन्मन लागेको बच्चाको के दोष, यति ज्यादा नाटक नगरेको भए बिचराले संसार देख्नु अघि नै कतिको गाली खाइरहनु पर्ने थिएन’ पनि भनेका छन् ।

कतिले प्रियंकालाई ‘इज्जत छैन ? ’ भनेर पनि प्रश्न सोधिरहेका छन् ।  

उनलाई धेरैले नकारात्मक कमेन्ट गरेका छन् । कति भने प्रियंकाको समर्थनमा पनि आएका छन् । कतिले ‘मान्छेलाई नराम्रो कमेन्ट गर्न हतार भएको देख्दा नि अचम्म लाग्छ’ पनि भनिरहेका छन् । यस्तै कतिले ‘उसको मर्जी, उसको लाइफ, कति रिस गर्छौ हो आरिसेहरु, हेर्न मन भए ब्लक गरिदेउ न कमेन्टमा किन कराईरा धेरै’ पनि भनिरहेका छन् ।

यस्तै एक फेसबुक प्रयोगकर्ताले ‘तिमीले पनि उत्पात गर्न लागेउ बरु नर्मल तरिकाले छिटो बेबी पाएर फोटो राख, सबैले बधाई दिन्छन् । धेरै हाँसोको पात्र नबन अब’ पनि भनेकी छिन् ।  

हुन त प्रियंका र आयुष्मानले आफ्नो बच्चा जन्मने निश्चित समय तोकेका छैनन् । तर प्रियंकाले सेप्टेम्बरमा छोरी आयांकालाई स्वागत गर्ने बताएकी छिन् । उनको बेबी सावरका तस्बिरले पनि धेरैको ध्यान आकृष्ट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप