आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत

मङ्गलबार, ०५ साउन २०७८, १२ : २३
मङ्गलबार, ०५ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । 

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ ।’

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप