शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्सन एण्ड जोन्सनको खोप काठमाडौंका यी ५५ वटा केन्द्रबाट (सूचीसहित)

मङ्गलबार, ०५ साउन २०७८, १२ : १९
मङ्गलबार, ०५ साउन २०७८


कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्यास सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज  उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यकासँगै देशका विभिन्न खोप केन्द्रहरुमा अभियान सञ्चालन भइरहेको हो ।

 सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोपको शुभारम्भ गरेका थिए । हिजो प्राथमिकतामा परेका भन्दा बाहिरका मानिसहरुको चाप खोप केन्द्रमा परेको थियो ।

भोलिसम्म चल्ने खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले खोप केन्द्रको संख्या बढाएर ५५ वटा खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले जानकारी दिए ।

 खोप ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले लगाउँदै आएका छन् ।  स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो दिन सोमबार १९ हजार ६७१ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंको १ लाख ४६ हजार ५२४ जनालाई खोप दिने लक्ष्य छ ।

मंगलबार अर्थात आज  ५१ र ५२ वर्ष उमेर समूहका नागरिकसँगै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले खोप पाउनेछन् ।

यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन पाउनेछन् ।  

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप