शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथामा ‘माउण्ट एभरेष्ट फेशन रन वे’ आयोजना हुने

मङ्गलबार, ०५ साउन २०७८, १२ : १०
मङ्गलबार, ०५ साउन २०७८

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगमाथाको कालापत्थर क्षेत्रमा आयोजना हुने बोर्डले जनाएको छ । 

उक्त शो के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा आयोजक हुन लागेको आयोजकले जानकारी दिएको छ । फेशन रन वे को पहिलो संस्करण गत वर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिजिन बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि समेत प्राप्त गर्न सफल भएको थियो । 

यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउने छन् । 

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै  योजना अघि सारेको सन्र्दभमा यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । 

उनले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । 

उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवद्र्धनका अन्य कामलाई निरनतरता दिने समेत जानकारी दिए । 

कार्यक्रममा ग्लोबल आइएमइ बैंकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए । 

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।  

कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताइन् । यस्तै कम्पनिका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । 

कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्ण रुपमा नचलेको  सन्र्दभमा लकडाउन र स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने गरी योजना आयोजकको छ ।  कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् ।
 कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने धारणा राखे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप