बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु
मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।
संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएपछि आफ्ना माग सम्बोधन हुने आशाका साथ आफुहरु लचिलो बनेको उनले बताए ।
प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग छलफल गरेको थियो ।
विगत ३५ दिनदेखि जारी शुद्धीकरण अभियानअन्तर्गतको आन्दोलन निकासतर्फ उन्मुख भएको आन्दोलनकारीको बुझाइ छ
संयुक्त संघर्ष समितिका संयोजक एसपी रिमालले आफूहरूले उठाएका विषयमा ढिलै भए पनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाएकाले त्यसलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।
उनले कार्यदलको अध्ययनपश्चात तयार प्रतिवेदन सार्वजनिक गरी लागू नहुँदासम्म आन्दोलनका तथा खबरदारीका कार्यक्रमहरू भने जारी रहने प्रस्ट पारे । आन्दोलनका कारण बिरामीले उपचार सेवा पाउनबाट बञ्चित नहुन् भन्ने उद्देश्यका साथ आफूहरूले निर्धारित आन्दोलनका कार्यक्रम परिमार्जन गरेको बताए ।
प्रतिष्ठानको बेथितिविरुद्ध गत असार १ देखि १२ बुँदे माग राख्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण