बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु
मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।
संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएपछि आफ्ना माग सम्बोधन हुने आशाका साथ आफुहरु लचिलो बनेको उनले बताए ।
प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग छलफल गरेको थियो ।
विगत ३५ दिनदेखि जारी शुद्धीकरण अभियानअन्तर्गतको आन्दोलन निकासतर्फ उन्मुख भएको आन्दोलनकारीको बुझाइ छ
संयुक्त संघर्ष समितिका संयोजक एसपी रिमालले आफूहरूले उठाएका विषयमा ढिलै भए पनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाएकाले त्यसलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।
उनले कार्यदलको अध्ययनपश्चात तयार प्रतिवेदन सार्वजनिक गरी लागू नहुँदासम्म आन्दोलनका तथा खबरदारीका कार्यक्रमहरू भने जारी रहने प्रस्ट पारे । आन्दोलनका कारण बिरामीले उपचार सेवा पाउनबाट बञ्चित नहुन् भन्ने उद्देश्यका साथ आफूहरूले निर्धारित आन्दोलनका कार्यक्रम परिमार्जन गरेको बताए ।
प्रतिष्ठानको बेथितिविरुद्ध गत असार १ देखि १२ बुँदे माग राख्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन
-
प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता
-
होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्तो छ सुविधा
-
झलनाथ खनालको दस्ताबेज : यस्तो छ नेपाली विशेषताको समाजवादी कार्यक्रम (पूर्णपाठ)
-
कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
-
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त