आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको बैंकिङ्ग सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

मङ्गलबार, ०५ साउन २०७८, ११ : ५१
मङ्गलबार, ०५ साउन २०७८

सानिमा बैंक लिमिटेडले आफ्नो थप बैंकिङ्ग सेवा ललितपुरको भैंसेपाटीमा पनि विस्तार गरेको छ । बैंकले मंगलबार देखि उक्त स्थानमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको हो । 

उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धन वरिष्ठ हास्कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । 

बैंक उद्घाटन गर्दै मह जोडी श्रेष्ठ र आचार्यले भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै बैंलाई धन्यवादसहित सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । 

हाल सानिमा बैंकको देशभर साथै प्रदेशमा गरी ८६ वटा शाखा कार्यालय, १८ विस्तारित काउन्टर र ९५ वटा एटिएम सञ्चालनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप