मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता आईपीओ पुनः खुल्यो, कति दिन पाइन्छ आवेदन ?

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः सर्वसाधारणका लागि खुल्ला गरेको हो ।
मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, आवेदन भने, छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ ।
यद्यपि, यसअघि नै आवेदन दिएका कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले पुनः आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय