मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता आईपीओ पुनः खुल्यो, कति दिन पाइन्छ आवेदन ?
मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः सर्वसाधारणका लागि खुल्ला गरेको हो ।
मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, आवेदन भने, छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ ।
यद्यपि, यसअघि नै आवेदन दिएका कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले पुनः आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण