सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कतारबाट ओर्लने बित्तिकै काठमाडौँमा सुन लुटपाट

मङ्गलबार, ०५ साउन २०७८, ११ : ४९
मङ्गलबार, ०५ साउन २०७८

विदेशबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिएका छन् । कतारको दोहाबाट हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।

सोमबार साँझ ९ बजेर १० मिनेटमा उनीहरू सवार ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितको भनाई छ । केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले विदेशबाट ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

लुटपाटमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

चौलागाईं र पुलामी चढेको बा.१ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप