शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका युवकको मलेसियामा  मृत्यु

मङ्गलबार, ०५ साउन २०७८, ०९ : ४२
मङ्गलबार, ०५ साउन २०७८

रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको  एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका   ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो ।

बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए । 

अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए । 

मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka ​ म्यानपावर काठमाडौंमार्फत ys form indudtries bhd कम्पनीमा गएका थिए  । उक्त कम्पनीको लापरवाहीको कारण बैठाको मृत्यु भएको पीडित परिवारहरूले आरोप लगाएका छन् ।

मृतकको शव छिटो नेपाल ल्याउन र मलेसिया सरकारबाट पाउने सुबिधा उपलब्ध गराउन पहलको लागि नेपाल सरकारसंग  परिवारले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप