मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला
विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि सुदर्शन न्यौपानेको शव फेला परेको हो ।
प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्।
डीएसपी कार्कीले शवको पहिचान भइसकेको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको बताए । मृतकको आफन्तले भने न्यौपानेको हत्याको आशङ्का गरेका छन् ।
मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकलमाथि राखिदिएको हुनसक्ने आशङ्का गरे । शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा भएकाले हत्या भएको हुनसक्ने सन्तोषले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण