मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला

विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि सुदर्शन न्यौपानेको शव फेला परेको हो ।
प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्।
डीएसपी कार्कीले शवको पहिचान भइसकेको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको बताए । मृतकको आफन्तले भने न्यौपानेको हत्याको आशङ्का गरेका छन् ।
मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकलमाथि राखिदिएको हुनसक्ने आशङ्का गरे । शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा भएकाले हत्या भएको हुनसक्ने सन्तोषले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?