आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

मङ्गलबार, ०५ साउन २०७८, ०८ : ४६
मङ्गलबार, ०५ साउन २०७८

ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । 

कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप