शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

मङ्गलबार, ०५ साउन २०७८, ०७ : १३
मङ्गलबार, ०५ साउन २०७८

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । 

सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  

फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको घर्तीले  जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप