प्रदेश १ मा ३६६ कोरोना सङ्क्रमित थपिए
सोमबार, ०४ साउन २०७८, २२ : ३१
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।
योसँगै हालसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ७१ हजार ४२६ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६६१ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनाको पिसिआर परीक्षण गर्दा १६७ महिला र १९९ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा