मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)

सोमबार, ०४ साउन २०७८, २२ : २३
सोमबार, ०४ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई सोमबार अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन् । विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न मन्त्री शर्माले सचिवहरूलाई निर्देशनसमेत दिएका छन् ।  

पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए ।

अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी र सङ्घीय मामिला मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप