मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक खेल्ने अमेरिकी खेलाडीमा देखियो कोरोना संक्रमण

सोमबार, ०४ साउन २०७८, २१ : ३३
सोमबार, ०४ साउन २०७८

ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी जिम्न्यास्टमा कुनै लक्षण देखिएका थिएन । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आइशोलेसनमा राखिएको छ ।

टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छिन् । अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् । ‘वुमन्स आर्टिस्टिक जिम्न्यास्टिक टिमकी एक खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्दछौं । व्यक्तिको निजी मामिलाको सम्मान गर्दै हामी यस विषयमा थप सुचना उपलब्ध गराउन असमर्थ छौं,’ अमेरिकी ओलम्पिक कमिटीले भनेको छ ।

यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो । त्यस्तै, दक्षिण अफ्रिकाका रग्बी प्रशिक्षक निल पावेलमा पनि आइतबार जापान पुग्नासाथ संक्रमण देखिएको थियो, उनी अहिले आइशोलेसनमा छन् ।

ओलम्पिकको उद्घाटन मिति नजिकिदैं जाँदा पदाधिकारी, सञ्चारकर्मी, प्रशिक्षक र खेलाडीमा संक्रमण देखिने क्रम पनि बढ्दै गएको छ । जसकारण, अधिकारीहरु निकै चिन्तित देखिएका छन् । ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल लागु गरिएको छ र दर्शकहरुले ओलम्पिक हेर्नका लागि रंगशाला आउन पाउनेछैनन् । कोरोनाकै कारण ओलम्पिकमा केही नियमहरु पनि परिवर्तन गरिएको छ । जसअनुसार खेलाडीहरुलाई अतिथी मेडल पहिराईदिने नियम संशोधन गरेर खेलाडी आफैंले मेडल लगाउनुपर्ने नियम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप