साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
सोमबार, ०४ साउन २०७८, १८ : १०

सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ । बाँकी दैनिक काम कारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ ।
देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?