बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकीमा थप ४१७ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

सोमबार, ०४ साउन २०७८, १८ : ०१
सोमबार, ०४ साउन २०७८

गण्डकी प्रदेशमा थप ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकामा ४१७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २०४ महिला र २१३ जना पुरुष रहेका छन् ।

प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  उनका अनुसार कास्की १९७, बागलुङ ७, स्याङ्जा ३०, मनाङ १, पर्वत ३९, गोरखा ४९, लमजुङ १५, तनहुँमा २४ र नवलपुरमा ५५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार ९२३ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–९ की ७० वर्षीय महिला, स्याङजा फेदीखोला–४ का ४५ वर्षीय पुरुष, मनाङ नेस्याङ–२ की ४६ वर्षीय महिला,बागलुङ जैमिनी–५ की ४५ वर्षीया महिला, नवलपरासी पूर्व कोवासोती–१५ का ५९ वर्षीय पुरुष र नवलपरासीको मध्यविन्दु–५ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३१ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८  हजार २४ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ८६८ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप