शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

पेगम्बर मोहम्मदको कार्टुन बनाउने कार्टुनिस्टको निधन

सोमबार, ०४ साउन २०७८, १७ : ०४
सोमबार, ०४ साउन २०७८

डेनमार्कका कार्टुनिस्ट कर्ट वेस्टरगार्डको निधन भएको छ । उनी ८६ वर्षका थिए ।

कर्ट वेस्टरगार्डले पेगम्बर मोहम्मदको चित्र बनाएका थिए । उनको यो क्यारिकेचरलाई केहीले रचनात्मक बताए भने मुसलमानका एउटा ठूला वर्गले यसका लागि आपत्ति जताएका थिए ।

बर्लिगस्के पत्रिकाले आइतबार उनको निधनको सूचना दिएको हो । उनको परिवारले दिएको जानकारी अनुसार उनी निकै लामो समयदेखि बिरामी थिए ।

वेस्टरगार्ड सन् १९८० को दशकको सुरुवातमा रुढिवादी जिलेन्ड्स–पोस्टेन पत्रिकामा कार्टुन बनाउने गर्दथे ।

तर उनले सन् २००५ मा चर्चा पाए । उनले पत्रिकामा पेगम्बर मोहम्मदको एउटा विवादास्पद कार्टुन बनाए । यसको संसारभरी चर्चा भयो ।

विरोध प्रदर्शनः

इस्लामको सेल्फ सेन्सरशिप र आलोचनालाई दर्साउनका लागि पत्रिकाले १२ कार्टुन प्रकाशित गरेको थियो जसमा वेस्टरगार्डको पनि एउटा कार्टुन थियो ।

पेगम्बर मोहम्मदको चित्रण इस्लाममा वर्जित मानिन्छ र यसकारण वेस्टरगार्डले अत्यसिक आलोचनाको सामना गर्नुपरेको थियो ।

पत्रिकाको कार्टुनका कारण डेनमार्कमा विरोध प्रदर्शन पनि भए जबकी डेनमार्क सरकारले थुप्रै मुस्लिम देशका राजदूतबाट असन्तोषका भावहरु पनि सुन्नपर्यो ।

फेब्रुअरी सन् २००६ मा पूरा मुस्लिम जगतमा विरोध प्रदर्शन भए । वेस्टरगार्डको कार्टुनको विषयमा मानिसहरुले आफ्नो रोष पोखे । डेनमार्कका थुप्रै दूतावासमाथि हमला भए र त्यतिबेलाको हिंसामा दर्जनौंको मृत्यु पनि भयो ।

धम्की पाए, लुकेर बसेः

सन् २०१५ मा फ्रान्सेली व्यङ्ग्य पत्रिका चार्ली हेब्दोको कार्यलयमा भएको हमलामा १२ जना मारिएको थिए । कार्टूनको प्रकाशनपछि वेस्टरगार्डले थुप्रैपटक ज्यान मार्ने धम्की पनि पाए ।

उनी पछिल्लो समय लुकेर बसिरहेका थिए तर पछि उनले डेनमार्कको एउटा शहर आरहूसस्थित घरमा खुलेर बस्ने निर्णय गरे ।

सन् २००८ मा डेनिस गुप्तचर सेवाले तीन जनालाई पक्राउ पनि गर्यो जसमाथि वेस्टरगार्डको हत्याको षड्यन्त्र रचेको आरोप पनि लगाइएको थियो ।

दुई वर्षपछि डेनमार्क प्रहरीले वेस्टरगार्डको घरमा एउटा सोमाली युवकलाई चक्कूसहित गिरफ्तार पनि गरेको थियो । सन् २०११ मा यी सोमाली युवकलाई हत्याको कोसिसमा दोषी ठहर गर्दै ९ वर्षको सजाय सुनाइयो ।

वेस्टरगार्ड त्यसपछि केही वर्षसम्म एक अज्ञात स्थानमा अंगरक्षकसहित बस्न बाध्य भए । सन् २००८ मा रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै वेस्टरगार्डले आफूलाई आफ्नो व्यङ्ग्यपूर्ण कार्टुनको विषयमा कुनै पछुतो नभएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप