शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमोदको ‘बैगुनी’मा आस्था र दीपकको रोमान्स

सोमबार, ०४ साउन २०७८, १६ : ४८
सोमबार, ०४ साउन २०७८

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । कलाकार दीपक मैथानेको शब्द रहेको गीतमा संगीत विलन थापा मगरले दिएका छन् । 

गीतका लेखक दीपकले आफ्नो दिन पारेर सार्वजनिक गरेको यो गीतको भिडियो बेलायतमा छायांकन भएको हो । भिडियोमा  पहिलो मिसेस युके नेपाल आस्था जोशी, मनिष श्रेष्ठ, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय छ । 

कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो छायांकन तथा निर्देशन समेत उनी आफैले गरेका हुन् । बेलायतका रमणीय स्थानमा छायाँकन भएको भिडियोमा प्रेम विछोडको कथा प्रस्तुत गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप