नग्न दृश्यले मच्चाइन् हंगामा, दाउदसँग जोडियो नाम : कहाँ थिइन् मन्दाकिनी ? फर्किने तयारीमा
बलिउड नायिका मंदाकिनीले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमार्फत् गरेकी थिइन् । फिल्ममा मंदाकिनीको भूमिकालाई सबैले याद गरे । फिल्म रिलिज भएपछि उनी रातारात चर्चित भएकी थिइन् । यद्यपि, मंदाकिनीको करियर खासै लामो समयसम्म टिक्न सकेन । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब उनी वर्षौंपछि फिल्ममा फिर्ता हुने तयारीमा छिन् ।
डेब्यू फिल्ममा मंदाकिनीको चर्चा देखेर यो अनुमान लगाइएको थियो कि पछि गएर उनी पनि शीर्ष नायिकामध्ये एक हुनेछिन् । यद्यपि, मंदाकिनी पनि वन फिल्म वंडर साबित भइन् । केही फिल्ममा अभिनय गरेपछि उनी कहिल्यै देखिइनन् ।
मंदाकिनीलाई अन्तिम पटक सन् २००२ मा बांगला फिल्ममा देखिएको थियो । १७ वर्षको फिल्मी करियरमा उनले ४८ फिल्ममा अभिनय गरिन् जसमा हिन्दीका साथै बांगला र तेलुगु फिल्म पनि समावेश छन् ।
मंदाकिनीको चर्चा उनको बोल्ड अवतारका कारण भएको थियो । राम तेरी गंगा मैली फिल्ममा उनको झरनामा देखिएको सेमी न्यूड सीनले बबाल मच्चाएको थियो । यो फिल्ममा मंदाकिनीले थुप्रै बोल्ड सीन दिएकी थिइन् ।
फिल्मबाहेक मंदाकिनी आफ्नो सम्बन्धका कारण पनि चर्चामा रहिन् । एक समयमा उनको नाम दाउद इब्राहिमसँग पनि जोडिएको थियो । मंदाकिनीको सुन्दरतामा दाउद लठ्ठ परेको र उनको पछि लागेको पनि बताउने गरिन्छ । त्यतिबेलाको एउटा तस्बिर पनि भाइरल भएको थियो जसमा मंदाकिनी र दाउद सँगै कुनै स्टेडियममा बसिरहेको देखिएका थिए ।
लगातारको विवादले आजित भएर मंदाकिनी सुटुक्क इन्डष्ट्रिबाट टाढा भइन् । त्यसपछि उनले सन् १९९० मा डाक्टरसँग विवाह गरेर ग्ल्यामरको दुनियाँलाई पूर्ण रुपमा बाईबाई भनेकी थिइन् । बीचमा मंदाकिनी तिब्बतमा भन्टे बच्चाहरुलाई योगा तालिम दिइरहेकी छिन् भन्ने खबर पनि आएको थियो ।
अब मंदाकिनी आफ्नो डेब्यूका लागि तयार छिन् । उनका म्यानेजरले इटाइम्ससँगको कुराकानीमा मंदाकिनी आजकाल स्क्रिप्ट पढिरहेको जानकारी दिए । उनले भने, ‘मंदाकिनी वेब प्लेटफर्म र फिल्ममा काम गर्नका लागि पूर्ण रुपमा तयार छिन् । यद्यपि, उक्त प्रोजेक्टमा उनको मुख्य भूमिका हुनु पर्नेछ ।’
मंदाकिनीलाई भाइ भानुले फिर्ता हुनका लागि तयार गरेका हुन् । भानुले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘उनी एकपटक कोलकातामा दुर्गा पंडालको दर्शन गर्न पुगेकी थिइन्, त्यहाँ उनलाई भीडले घेरेका थिए । त्यतिबेला थाहा भयो कि उनको अत्यधिक फ्यान फलोविङ छन् । त्यसैले मैले उनलाई अभिनयमा फर्कनुपर्छ भन्ने कुरामा जोड दिन थालेँ ।’
भानु थप्छन्, ‘मंदाकिनीलाई ‘छोटी सरदारनी’ अफर गरिएको थियो, यसका लागि मंदाकिनीले अस्वीकार गरेकी थिइन् । त्यसपछि उनले निर्मातालाई अनिता राजको नाम सुझाएकी थिइन् ।’
म्यानेजर थप्छन्, ‘मंदाकिनी पत्रकारसँग पनि कुराकानी गर्न चाहन्छिन् । हाल उनको ध्यान फिर्तीका लागि उत्कृष्ट प्रोजेक्ट छान्नमा केन्द्रीत छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !