बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सधैं राम्रो कलाकार बन्ने सपना देखें : पुष्प

सोमबार, ०४ साउन २०७८, १६ : ३१
सोमबार, ०४ साउन २०७८

एक समय कलाकारिताबाट घर र गाडी जोड्नु ठुलो कुरो हुन्थ्यो । पछिल्लो समय भने कलाकारका लागि यो ठुलो कुरो रहेन । अहिले धेरै कलाकारले कलाकारिताको कमाइबाट महङ्गो गाडी र घर जोड्न सफल भएका छन् । ती मध्येका एक हुन् अभिनेता पुष्प खड्का । कलाकारिताको आम्दानीबाट केही अगाडि कैलालीमा पक्की घर बनाइसकेका छन् भने अहिले ७० लाखको गाडी किनेका छन् । आफुले ७० लाखको गाडी किनेको उनले सोमबार सामाजिक सञ्जालबाट जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं छिरेका उनले म्यूजिक भिडियोबाट कलाकारिता सुरु गरेका थिए । ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा फिल्म डेब्यु गरेका उनी ‘दर्पण छायाँ–२’ बाट हिरो बन्न सफल भएका थिए । त्यसपछि ‘मंगलम’ अभिनय गरेका खड्कालाई मंगलम पछि भने कहिलै पछाडि फर्किएर हेर्नु परेन । 

कतिपय कलाकार कलाकारिताबाट खान पुग्दैन भनिरहेको समयमा उनले भने घर र गाडी जोड्न सफल भएका छन् । सायद त्यसैले होला उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई रहेको छ ।

आफुले सधैं राम्रो कलाकार बन्ने नै सपना देखेको बताएका खड्का भन्छन्– ‘मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन अव दुःख छैन ।’ निषेधाज्ञा खुकुलो भएसँगै पुष्पलाई म्यूजिक भिडियोको पनि भ्याइनभ्याइ छ । निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा पनि काम गर्ने तयारीमा रहेका उनको निषेधाज्ञाभन्दा अगाडि अभिनय गरेको दुई चलचित्र ‘कृष्ण लीला’ र ‘मनसँग मन’ पनि प्रदर्शनको पर्खाइमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप