शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गाको विषयमा विवाद, झडपका क्रममा दुई घाइते

सोमबार, ०४ साउन २०७८, १६ : ०९
सोमबार, ०४ साउन २०७८

धनुषाको बटेश्वरमा झडप हुँदा २ जना घाइते भएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । 

गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेव दासको परिवारबीच विवाद हुँदै आएको थियो । विवाद उग्र बनेर सोमबार झडप हुन पुगेको हो । 

सो झडपमा श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको बटेश्वर प्रहरीले जनाएको छ । 
घाइतेहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भईरहेको छ । 

घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षिय रामकमल महतो, ३२ वर्षिय सुरेन्द्र महतो र २७ वर्षिय दिलीप महतोबिरुद्ध जाहेरी समेत दर्ता गराएका छन् । 

घटनामा संलग्न रहेको आरोपमा रामकमल र सुरेन्द्रलाई बटेश्वर प्रहरी चौकीले पक्राउ गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप