स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस
सोमबार, ०४ साउन २०७८, १५ : १४

स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।
सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने छ । सिफारिस भएका तीन जनामध्ये श्रेष्ठको कार्यकाल भने दुई साता बाँकी छ भने डा. पोखरेल, डा.सिंहको कार्यकाल तीन वर्ष भन्दा बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री