बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठक : १७ दिनअघि १३ औँ र १७ दिनपछि १० औँ कसरी ?

सोमबार, ०४ साउन २०७८, १४ : ३४
सोमबार, ०४ साउन २०७८

 यसअघिको बैठकलाई आधार मान्ने हो भने सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठक १४ औं हुनुपर्ने हो । तर, सोमबारको बैठकस्थलमा १० औं केन्द्रीय समिति बैठक भनेर ब्यानर राखिएको थियो । 

११ बजेका लागि तय भएको बैठकमा भाग लिन पुगेका केही केन्द्रीय सदस्यहरु सुरुमा त दशौं बैठक भनेर लेखिएको ब्यानर पढेर अल्मलिन पुगेका थिए । हुनपनि गत असार १८ गते बसेको केन्द्रीय समिति बैठकमा उनीहरुले १३ औं बैठकको ब्यानर पढेका थिए । तर कुरो खुल्दै गयो कि एमाले विवाद मिलाउन गठित कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सोमबारको बैठक १० औं मा परिणत गरिएको रहेछ । किनभने एमालेको माधव नेपाल पक्षको माग र कार्यदलको सुझाव अनुसार २०७५ जेठ ३ अघि एमालेको नवौं केन्द्रीय समिति बैठक बसेको थियो ।

‘सोही अनुसार साउन ४ मा बसेको बैठकलाई १० औं भनिएको हो’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ छ । एमालेका केन्द्रीय सदस्य कर्ण थापाले माधव नेपाल पक्षको माग र कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा सोमबारको बैठक दशौं बैठकमा परिणत गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप