मेची अस्पतालका डा.कपुरीमाथि कुटपिट
मेची अस्पताल भद्रपुरका डा.केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दीबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।
श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा.कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा टंकप्रसाद बाह्रकोटीले बताए ।
“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उनले भने, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्युत हुँदैनौँ, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।” डा.कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाँउ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजुरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ