शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको पक्षमा मत दिने माधवसहित २२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको प्रस्ताव

सोमबार, ०४ साउन २०७८, १३ : ४५
सोमबार, ०४ साउन २०७८

 एमालेले पार्टी निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । 
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो । 
एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले होहल्ला गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धारणा राखेका थिए । 
प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप