बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमा आधुनिकरण र यान्त्रिकीकरणमा जोड

सोमबार, ०४ साउन २०७८, १३ : ४६
सोमबार, ०४ साउन २०७८

 भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपैयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् ।

सो अवसरमा किसानहरूको समस्यालाई मनन गरेर ३ रुपैंया नगद अनुदान दिने व्यवस्था गरेको बताउदैं उनले भरतपुर महानगर दुग्धमा प्रतिलिटर नगद अनुदान दिने स्थानिय तहमा पहिलो महानगर भएको बताईन् । महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिईरहेको बताईन् । प्रमुख दाहालले धान रोप्ने आधुनिक उपकरण, बिउ उत्पादन तथा प्रशोधनका लागी आधुनिक उपकरण, आधुनिक गोठ निर्माण सुघारमा अनुदान, जमिन जोत्न ट्रयाक्टर देखी कृषि उपज ढुवानीका लागि सवारी साधन समेत प्रदान गरिएको बताईन् ।

सिंचाइका लागि  डिप बोरिङ, स्यालो बोरिङका साथै कृषि सडक, मल बिउमा अनुदानका साथै ठूलो सिंचाई संजाल निर्माण गर्न महानगरपालिका लागिपरेको बताउदैं उनले यी सबै अनुदानहरू उत्पादकत्व र गुणस्तर बृद्धिका लागि भएकोले यसबाट अत्याधिक लाभ लिन महानगरपालिका भित्रका सम्पुर्ण किसान तथा सहकारी संस्थाहरूलाई आग्रह गरिन्। सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा न। १४ का वडा अध्यक्ष ओमप्रकास पोखरेलले महानगरपालिकाले राहत र अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि निर्माण नै अगाडी बढाएकाले आगामी दिनमा किसानले प्राप्त गर्ने अनुदान सोझै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन लागिपरेको बताए ।

उनले भरतपुर महानगरपालिकाले गुणस्तरीय उत्पादन र उत्पादकत्व बृद्धि गर्न किसानलाई राहतस्वरूप अनुदानको निती लिएको बताए । वडा न। ६ का वडाअध्यक्ष हरीबिलास कोइरालाले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादनसँगै पशुपालन र दाना उत्पादन गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै महानगरपालिकाले प्रदान गरेको अनुदानको अधिक लाभ लिन किसानहरूलाई आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप