शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होण्डा ग्राजियाको न्यू मोडल बिएसभिआई डिआरएस र डिएसएस अब नेपाली बजारमा

सोमबार, ०४ साउन २०७८, १३ : ३९
सोमबार, ०४ साउन २०७८

नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार एक कार्यक्रमका बीच ग्राजिया बिएसभिआईको सार्वजनिक गरेको हो । 

१२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएसभिआईनिकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ ।  १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत उपलब्ध रहेको छ । यस फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न समेत राइडरलाई थप सहज हुने कम्पनीले जनाएको छ । 

होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएकाले यस स्कुटरले बढी माइलेज र पावर समेत दिने कम्पनीको दाबी छ ।  ग्राजियाको यस नयाँ बिएसभिआई डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बिएसभिआई एसटिडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्वीच समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु समेत ग्राजिया बिएसभिआईमा रहेको बैंकले जनाएको छ । 

हाल दुई मोडलमा उपलब्ध ग्राजिया बिएसभिआईको बिएसभिआई डिआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ भने बिएसभिआई डिएसएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप