बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पर्साको पकाहामैनपुर गाउँपालिकाका वडाअध्यक्ष खैरो हेरोइनसहित पक्राउ

सोमबार, ०४ साउन २०७८, १३ : ३४
सोमबार, ०४ साउन २०७८

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–१ का अध्यक्षलाई प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित पक्राउ गरेको छ । वडाअध्यक्ष अमेरिका सहनीलाई खैरो हेरोइनसहित गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । वडा अध्यक्षसँगै पकाहामैनपुर–१ का वडा सदस्य ४० वर्षीय बलिष्टर सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति उनीहरु लागु औषध ‘खैरो हेरोइन’ लिएर वीरगञ्ज महानगरपालिका–१९ बाट पकाहामैनपुरतिर जाँदै थिए । दुईजना जनप्रतिनिधिसँगै अर्का एकजना राम आदेश सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद गरिएको डिएसपी खनालले बताए ।

आरोपीहरुले ना.१ ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्समा लुकाएर खैरो हेरोइन ल्याएका थिए । पल्सर मोटरसाइकलमा ५५ वर्षीय अमेरिका सहनी र ५२ वर्षीय रामआदेश सहनी सवार थिए । सँगसँगै ना.६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकलमा वडा सदस्य बलिष्टर सहनी सवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप