माधवको नयाँ फिल्ममा संजित, खबपु र गोपाल
निर्देशक माधवराज खरेलले आफ्नो नयाँ फिल्ममा अभिनेताको रुपमा संजित भण्डारी भित्र्याएका छन् । यस अगाडि फिल्मका लागि खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालीस लगायत कलाकार चयन गरेका खरेलले फिल्मको नाम भने अहिलेसम्म गोप्य नै राखेका छन् ।
भदौको पहिलो साताबाट छायाङ्कनमा जाने तयारी गरिएको फिल्मको नाम मुहूर्तमा मात्र सार्वजनिक गर्ने निर्देशक खरेलले बताए । ‘फिल्मको कथा अनुसार अहिले जुन नाम जुरेको छ । त्यो भन्दापनि अझै राम्रो नाम जुर्छकी भनेर हामी निर्माण टिम नै लागेका छौ’ निर्देशक खरेलले भने, ‘अहिले राखिएको नाम परिवर्तन हुन सक्ने भएकोले सार्वजनिक नगरेको हो ।’
पिम नेपालको प्रस्तुति रहने फिल्ममा मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत समेतको अभिनय रहनेछ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ ।
‘ढुङ्गे युग’,‘विरानो माया’,‘कुइनेटो’ लगायत फिल्म निर्देशन गरेका खरेलले यो फिल्म वैशाखमै छायाँकन योजना बनाएका थिए । कोरोनाको दोस्रो लहर सुरु भएको कारण उनको सो योजना भने सफल हुन सकेन । साहिल चौधरीको छायाँकन, किरण दाहालको द्वन्द्व रहने फिल्मकी निर्माता कमला जोशी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार