बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकका ग्राहकले दराजबाट सामान किन्दा म्याक बुक प्रो १३ जित्न सक्ने

सोमबार, ०४ साउन २०७८, १२ : २३
सोमबार, ०४ साउन २०७८

एनएमबि बैंक लिमिटेड र अनलाइन बजार दराजले महाबचत बजार अभियान घोषणा गरेका छन् । हालैमात्र राजधानीमा एक कार्यक्रमका बीच दुई संस्थाले व्यवसायिक साझेदारी गर्ने सहमती गर्दै श्रावण ३ गतेदेखि महा बचत बजार अभियानको घोषणा गरेका हुन् । 

यस अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबर्धन गर्नु रहेको साझेदार कम्पनीले जनाएको छ । 

अभियानको मुख्य हाइलाइटहरूमा एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले अधिकतम ४ हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् भने, उक्त अभियानको बम्पर उपहारमा एक जना ग्राहकले म्याक बुक प्रो १३ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप